भर्खरै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण

  • प्रकाशित मिति : बिही, जेठ ३१, २०८१
  • - विद्युत संसार संवाददाता
title
भैरहवा (रुपन्देही), ३१ जेठ । लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । 
 
सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो । चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको  सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रर्व सँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, श्रेष्ठले भन्नुभयो, “हामी चीनसँगधन नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ । चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ । चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ ।” लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताउनुभयो । 
 
त्यसअवसरमा  मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो । “उहाँले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताउनुभएको थियो । हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले रासससँग भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago