भर्खरै

विद्युत विकासः मुलुकको सम्बृद्धि

  • प्रकाशित मिति : बिही, जेठ ३१, २०८१
  • - राम प्रसाद पौडेल
title

काठमाडौं, ३१ जेठ । नेपाल र नेपालीको हितमा नेपालको विद्युत लाई ल्याउन सके भूतमा गर्न नसकेको कार्यको शुभारम्भ वर्तमानमा गरी हरेक नेपालीको जीवन स्तर उठाउन भावी कार्यदिशा कोर्न कुनै पनि आधी बेहरी, तुफान र अदृश्य शक्तिको सामु कुलमान घिसिङ झुक्ने छैनन् भन्नेमा आम जनता को विस्वास रहँदै आएको छ । इतिहासका हरेक कर्म लाई मुल्यांकन गर्ने हो भने कुलमान आम जनताको आस्थाको केन्द्र बनेको कुरामा कुनै  दुईमत छैन । बजारमा उनको विरुद्ध आएका सवालहरुमा राज्यको अवधारणा पनि आउनु पर्दछ ।
 
सरकार र जनताको लगानीमैत्री अवधारणा मुलुकको गाउँ बस्ती सम्म पुर्‍याउन सक्नुपर्छ । विद्युतमा आम नागरिकको पहुँच स्थापना राज्यले गर्न सक्छ कि सक्दैन ? सक्नु पर्ने कुरामा आम नागरिक सरकारको सूचनाको प्रतिक्षामा रहेका छन । हिमाल मुनिको जलमा मधेशका नेपालीको र मधेसको जमिनमा पहाडको नागरिकले ,हिमाली भेगको जनताले होस वा मधेशको जनताले होस वा पहाडको जनताले होस । जुनसुकै स्थानमा पनि अपनत्वो धारणा गरी लगानीमैत्री  वातावरण मिलाउन सरकारले पूर्ण अग्रसरता लिनुपर्ने देखिन्छ । मुलुक जलमा धनी भए पनि धनी भएको अनुभुति  आम नागरिकले गर्न सकेको छैन ।
 
किन त्यस्तो अनुभुति आम नागरिकले गर्न सकेनन त ? वर्तमान सम्म जलमा आफू धनी भएको र त्यसको उपयोग गरी जनताको मन जित्ने कार्य सम्पन्न हुन सकेको देखिदैन । राजनीति वादले मुलुक लाई वैचारिक कित्ता काट गरिनु हुँदैन । मुलुकलाई  समृद्धिको बाटोमा हिंड्न सबै राजनीतिक दल,आम नागरिक र सरकार सहमति ,सहकार्य र एकतको मार्गमा सकारात्मक भई अग्रगामी यात्रामा छलाङ्ग मार्न सक्नु पर्ने वर्तमानको जोडदार माग हो भन्दा अतियुक्ति नहोला । सहमति ,सहकार्य र एकताको मार्गमा लैजान सरकारको विशेष भुमिका रहनुपर्छ  भन्ने कुराको ठम्याई आम नागरिकको रहँदै आएको छ । राज्य अभिभावक हो । आम जनता र सबै  राजनीतिक दलहरु लाई राज्यले विश्वसनियता दिलाई सहमति,सहकार्य एकताको मार्गमा ल्याई समृद्ध नेपाल निर्माणको महान र पवित्र उदेश्यलाई गन्तव्य सम्म पुग्न कन्जुस्याइँ गरिनु हुँदैन ।
 
इतिहासमा मुलुक निर्माण गर्ने मौका पाउने कमै भाग्यमानी हुन्छन् । त्यो भाग्यमानीमा पर्न यो सरकार सफल हुन सक्छ कि सक्दैन ? त्यो समयले  प्रमाणित गर्दै लैजाने  कुरा हो । लक्ष्य ,उदेश्य र गन्तव्यमा विचलन आउन नदिई सुझ बुझ र सहकार्यको फराकिलो घेरा बाट मुलुक निर्माण गर्दै जाने हो भने पक्कै नेपाली जनताले चाहे जस्तो, सरकारले खोजे जस्तो माटोले मागे जस्तो नयाँ नेपाल  निर्माण हुन सक्दछ । जलसँग जनतालाई जोडने, कृषकलाई आधुनिकऔजारसँग जोडने र निजी साझेदारीलाई सरल मार्गमा लैजाने हो भने मुलुकको समृद्धिको दुरी लामो नहुन सक्छ ।
 

विकाशका कार्यदिशाहरु व्यक्ति विशेषको स्थानमा मात्र सीमित हुने पञ्चायती शैलीको पुनरावृत्ति हुनु हुँदैन । वरिष्ठ नेताको जिल्ला र कनिष्ठ नेताको जिल्ला भनेर कित्ता काट गरिनु हुँदैन ।

हरेक किसानको गोठमा गोरु होइन अब हरेक किसानको घरमा आधुनिक  र वैज्ञानिक औजार चाहिएको छ । उद्योग गर्न चाहने युवाहरूलाई उधमशिलताको पाठ र लगानीको वातावरण बनाउनु पर्दछ । निजि लगानीकर्तालाई प्रोत्साहन गर्न सक्नु पर्दछ । विभिन्नबहानामा तर्साउने कार्य नगरी लगानीमैत्री वातावरणको सौहार्दता प्रदान गरिनुपर्दछ । मजदुर, किसान, उद्योगी, व्यापारी, नीजि लगानीकर्ता, बाह्य लगानीकर्ता, स–साना लगानीकर्तालाई ब्याजको सरलीकरण ,वैज्ञानिक कृषि प्रणालीको सर्वसुलभ वातावरणको सिर्जना गरी समृद्धिको मार्ग प्रशस्त गर्न ढिलाई गरिनु हुँदैन । गाउँ–गाउँ, बस्ती–बस्तीमा औषधोपचारको व्यवस्था युवाहरूलाई रोजगारीको लागि प्रोत्साहन, रोजगारी र स्वरोजगारीको लागि सहजीकरण गर्दै अग्रगामी यात्रामा मुलुकलाई  डोर्याउन सके इतिहासमा आएको यो सुनौलो सु–अवसर र चुनौतीलाई जल,जमिन,पर्यटन,उद्योग ,व्यवसाय र सहमति,सहकार्य अनि एकता  नै आजको मुलभुत सुत्र हो भन्दा अनियुक्ती नहोला ।
 
तानाशाहबाट जर्जर भएको यो मुलुकमा लोकतान्त्रिक गणतन्त्रले मुलुकको मुहार फेर्न गम्भीर अठोट ,पारदर्शीता, गन्तव्य पथ,सकारात्मक सोच ,परिणाममुखी उद्धेश्य र जनमैत्री कार्यको थालानी पानी,पर्यटन र जमिन बाट सुरु गरिनुपर्दछ ।
 
विकाशका कार्यदिशाहरु व्यक्ति विशेषको स्थानमा मात्र सीमित हुने पञ्चायती शैलीको पुनरावृत्ति हुनु हुँदैन । वरिष्ठ नेताको जिल्ला र कनिष्ठ नेताको जिल्ला भनेर कित्ता काट गरिनु हुँदैन । हरेक गोरेटो बाटोहरु राजमार्गमा रुपान्तरण गर्न सक्नु पर्दछ । निरक्षरताको उन्मुलन गरी भोक र रोगबाट नागरिकलाई मुक्ति दिने वातावरणको थालनी हुनुपर्छ ।
 
शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी पुर्णरूपमा गर्न  नसकुन्जेल निजि क्षेत्रलाई साथमा लिएर हिंड्न् सक्नु पर्दछ । विद्युत प्राधिकरण डुबाउनेहरु लाई तत्काल कानुनी दायरामा ल्याउन सक्नुपर्छ । राम्रो कार्यको थालनी गर्ने लाई पुरस्कृत गर्नु पर्दछ । सबै भन्दा पहिला मुलुक भित्र भएको पानीलाई हरेक नागरिक को पहुँच हुने गरी तीन करोड नेपालीलाई मालिक बनाउने मार्गमा  मुलुक हिड्न सक्नु पर्दछ ।
 
मुलुक लाई आधुनिकिकरणको मार्गमा लैजान नयाँ–नयाँ  प्रविधिको विकास ,वैज्ञानिकहरु लाई  उच्च तालिम लगायतका विषयमा मुलुक गम्भीर भएर अगाडि बढनुपर्ने बाध्यकारी अवस्था आइसकेको छ । समय सिमा यस्ता लक्ष्मण रेखाहरु हुन ,जसलाइ सबैले पालना गर्नु पर्दछ ।
 
पुर्व मेची देखि पश्चिम  महाकाली सम्मका आम नागरिकको भावनाको कदर हुने गरी मुलुक निर्माणको जग बसाल्न अब ढिलाई गरिनु हुँदैन ।
 
पौडेल विद्युत संसार साप्ताहिक/विद्युत संसार अनलाईनका प्रधानसम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया