भर्खरै

जनतालाई आशा र भरोसा जगाउने काम गरेका छौँः रक्षामन्त्री उप्रेती

  • प्रकाशित मिति : बिही, जेठ ३१, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ३२ जेठ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली जनताको आशा र भरोसा जगाउने गरी रक्षा मन्त्रालय र मातहतका निकायबाट कार्यसम्पादन भइरहेको बताउनुभएको छ ।
 
रक्षा मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा भएको सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालय मातहत सञ्चालित आयोजनामध्ये अधिकाशको यस अवधिमा प्रगति सन्तोषजनक रहेको स्पष्ट पार्नुभयो । मन्त्री उप्रेतीले भन्नुभयो, “राष्ट्रिय गौरवलगायतका आयोजनाको हालसम्मको कार्यप्रगतिबाट नेपाली सेनाप्रति जनतामा आशा, विश्वास र भरोसा बढाएको छ ।”
 
त्यसअवसरमा रक्षामन्त्री उप्रेतीले मन्त्रालयको नेतृत्व लिएयता भएका प्रमुख नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सुधारका विषयबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको  काठमाडौ–तराई–मधेस दू्रतमार्गको  भौतिक प्रगति ३४ दशमलव ८२ प्रतिशत र वित्तीय प्रगति ३६ दशमलव ०७ प्रतिशत पुगेको जानकारी दिनुभयो । आयोजनाको समष्टिगत कार्ययोजनाअनुरुप १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म दूुतमार्गको छ दशमलव पाँच किमीदेखि अन्तिम विन्दु ७० दशमलव ९७७ सम्मको खण्डमा पर्ने १२ वटा निर्माण प्याकेजको खरिद सम्झौता भई कार्यान्वयन चरणमा रहेको जानकारी दिइयो ।
 
द्रुतमार्ग सडक आयोजनाअन्तर्गत भएका जग्गा अधिग्रहणमा लाग्दै आएको पुँजीगत लाभकर नलाग्ने, सेनाद्वारा निर्माणाधिन विभिन्न सडक करिडोर आयोजनामा कार्यरत सुरक्षाकर्मीको मनोबल बढाउन जोखिम भक्ता उपलब्ध गराउन सम्बन्धीत निकायमा समन्वय गर्ने कार्य भइरहेको जानकारी उहाँको भनाइ थियो । 
 
सो अवसरमा रक्षामन्त्रालय मातहतको रु एक अर्ब ७९ करोड  २० लाख  बेरुजु फछर्यौट भइ उल्लखनीय प्रगति हासिल भएको जानकारी दिइयो । यसअवधिमा सुरक्षा र प्रतिरक्षासम्बन्धी पुस्तक तथा दस्तावेज सङ्कलन र संरक्षण गर्ने उद्देश्यले बाचनालायको सुविधासहितको पुस्तकालय सञ्चालनमा आएको, चीन सरकारबाट नेपाली सेनालाई सहयोगस्वरुप प्राप्त भई हालसम्म प्रयोगविहीन विभिन्न प्रकृतिका ९५ वटा सवारी साधन दर्ता प्रक्रियामा अघि बढाइएको जानकारी दिइयो ।
 
विगतमा कोभिड–१९ को व्यवस्थापन गर्ने उद्देश्यले सरकारको निर्णयअनुसार विभिन्न सात स्थानमा सेनाद्वारा निर्माण भएका होल्डिङ सेन्टरको आगामी दिनका व्यवस्थापन तथा सञ्चालन सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने लगायतका काम भइरहेको पनि बताइएको छ ।
 
राष्ट्रियसेवा दल सम्बन्धित विधेयकको मस्यौदालगायत सैनिक सेवा नियमावलीमा संशोधन गर्ने मस्यौदा तयार गर्ने, नेपाली सेनामा मानार्थ बढुवा र विशेष बढुवासम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास निर्माण समिति गठन आदेशको म्याद एक वर्ष बढाउनेलगायतका काम यस अवधिमा सम्पन्न भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।
 
त्यस अवसरमा रक्षामन्त्रालयका सचिव किरणराज अर्याल र नेपाली सेनाका वलाधिकृत रथी अशोक सिग्देललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago