भर्खरै

विद्युत् भार कटौतीका कारण सुर्खेतका पानी उद्योग बन्द हुने अवस्थामा

  • प्रकाशित मिति : बिही, असार ६, २०८१
  • - विद्युत संसार संवाददाता
title
भेरीगङ्गा (सुर्खेत), ६ असार । विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित छ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् ।
 
विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्रयास नभए उद्योग बन्द हुने अवस्था आउने स्थानीय उद्योगीको गुनासो छ । दैनिक १२ हजार लिटर पानी उत्पादन गर्दै आएको बाङ्गेसिमलस्तित एक्वान्स पानी उद्योगले लो भोल्टेजकै कारण प्रशोधन बन्द गरेको छ । पानी उत्पादन बन्द हुँदा अहिले बाँकेको नेपालगञ्जबाट किनेर ग्राहकलाई वितरण गरिरहेको उद्योगकका व्यवस्थापक श्रीनारायण मेहेताले जानकारी दिनुभयो । 
यसले दैनिक ५० हजारभन्दा धेरै घाटा भइरहेको भन्दै उहाँले समस्या समाधानका लागि आग्रह गर्नुभयो । “विद्युतले नधानेपनि अहिले पानी प्रशोधन हुनै छोड्यो । दैनिक ५० हजारभन्दा धेरै घाटा बेहोर्नु गरिरहेको छ”, उहाँले भन्नुभयो । 
 
तिला कर्णाली पानी प्रशोधन उद्योगका सञ्चालक जगत् शाहीले पनि विद्युत् भोल्टेजका दुई महिनादेखि सानो बोत्तलको पानी उत्पादन बन्द गरिएको बताउनुभयो । “दुई महिनादेखि हाम्रो पानी उद्योगबाट प्रशोधन हुने पानी बन्द गरिएको छ, नेपालमै केही गर्छु भनेर उद्योग सञ्चालन गरियो तर अहिले घाटा भइरहेको छ, राज्यले हामी उद्योगीको पीडा कहिले बुझ्ने रु”, उहाँको प्रश्न छ । उहाँको उद्योगबाट दैनिक १५ हजार लिटरभन्दा धेरै पानी उत्पादन हुँदै आएको थियो । 
 
यस्तै औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको मध्यपश्चिम पानी प्रशोधन उद्योगले जेनेरेटरको सहायतामा पानी प्रशोधन गरेर बजारमा पठाइरहेको सञ्चालक कृष्ण आचार्यले बताउनुभयो । उद्योगलाई जोगाइराख्न घाटामा पानी प्रशोधन गरिरहेको बताउने आचार्यले भोल्टेजको समस्या समाधान नभए अब केही दिनमा उद्योग बन्द गर्न बाध्य हुने बताउनुभयो । “स्वदेशमै केही गर्छु भनेर उद्योगमा लगानी गरेको थिए ।  अहिले ४३ जनाले रोजगारी पाइरहेका छन् । विद्युत्का कारण उद्योग बन्द भए ती सबैको रोजिरोटी गुम्ने छ”, उहाँले दुःखेसो पोख्नुभयो । 
 
विद्युत् समस्याका कारण पानी उत्पादनमा समस्या भएपछि यहाँ पानीको मूल्यसमेत बढेको छ । यसअघि रु एक सय ४० पर्ने कार्टुनको अहिले रु एक सय ६० पर्न थालेपछि उपभोक्ता मारमा परेका छन् । 
नेपाल विद्युत् प्राधिकरण सुर्खेतले भने ३३ केभी विद्युत्ले सबै ठाउँमा धान्न नसकेको भन्दै अर्को विकल्प नहुञ्जेसम्म समस्या समाधान हुन नसक्ने जवाफ दिने गरेको छ । कार्यालय प्रमुख अशोक लोहनीले कोहलपुर(सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन आएपछि मात्रै कर्णालीमा विद्युत्को समस्या समाधान हुने बताउनुभयो । “अहिले ३३ केभीबाट विद्युत् वितरणको काम भइरहेको छ, यसले कर्णालीका सबै जिल्लालाई धान्न सक्दैन”, प्रमुख लोहनीले भन्नुभयो”, “उद्योग सञ्चालनमा समस्या भइरहेका बारे गुनासा सुनेका छौँ तर सुर्खेत(कोहलपुर एक सय ३२ केभी प्रसारण लाइन नआएसम्म समस्या समाधान गर्न गाह्रो छ ।” 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago