भर्खरै

‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’

  • प्रकाशित मिति : आइत, असार ९, २०८१
  • - विद्युत संसार
title
सिद्धार्थनगर (रुपन्देही), ९ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग (कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताउनुभएको हो ।
 
लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उहाँले जानकारी दिनुभयो । “नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ”,  मुख्यमन्त्री महराले भन्नुभयो, “नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।”
 
राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिनुभयो ।
 
कार्यक्रममा विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई सही रूपमा प्रयोग गर्न जरुरी भएको बताउँदै दुरुपयोग हुने विषयवस्तुलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
 
“नेपालको शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।” नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले यस विषयमा अनुसन्धान र खोज गरी नेपालमा अध्ययन गर्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो ।
 
लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल र नेपाल टेलिकमका इन्जिनियर रविराज यादवले कृत्रिम बौद्धिकतासम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गराउनुभएको थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago