भर्खरै

लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरुले गराए ध्यानाकर्षण

  • प्रकाशित मिति : बुध, असार १२, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १२ असार । प्रतिनिधिसभा सांसदहरुले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
 
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्दै उहाँहरुले यस विषयमा जोड दिनुभएको हो ।  नेपालमा लगानीका लागि सहज स्थिति नहुँदा लगानीकर्ता निरुत्साहित हुनुपरेको भन्दै उहाँहरुले यसमा लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद देवेन्द्र पौडेलले लगानी सहजीकरण गर्न सुशासन, समृद्धि र समाजवादको दिशामा अगाडि बढ्न लगानी जरुरी रहेको बताउनुभयो । यसको लागि कम्तिमा दश वर्षमा निश्चित लगानी गरेर रोजगारी सिर्जना गर्ने गरी उद्योग मन्त्रालयले काम गर्न जरुरी रहेको उहाँको भनाइ छ । वन क्षेत्रमा देखिने समस्यामा सहजीकरण, खानेपानी, बिजुली र जमिनको उचित प्रवर्द्धन गरेर लगानीकर्तालाई प्रोत्साहन गर्न उहाँले उद्योगमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद रमेश लेखकले लगानीका लागि अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद डा अमरेसकुमार सिंहले लगानी प्रक्रिया निष्पक्ष र सरल हुनुपर्ने बताउनुभयो । राजनीतिक अवस्था र विचौलिया प्रवृत्तिका कारण लगानी प्रभावित भइरहेको उहाँको भनाइ थियो ।   
 
लगानी सहजीकरणका सम्बन्धमा सांसद गणेश पराजुली, असिम साह, नागीना यादव, जुलीकुमारी महतो (महासेठ), निशा डाँगीलगायतले धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago