भर्खरै

कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते

  • प्रकाशित मिति : बुध, असार १२, २०८१
  • - रासस
title
कैलाली, १२ असार । कैलालीमा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङबाट निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्दसिंह बोहराले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार डगौराको खेतमा आलि बनाउने क्रममा चट्याङ लागि घाइते भई उपचारका क्रममा महापार्वती क्लिनिकमा मृत्यु भएको हो भने चौधरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागि घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।
 
त्यस्तै घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षकी रीता कठरिया,  सोही ठाउँकी वर्ष २३ की सुष्मा डगौरा, भजनी नगरपालिका–६ वर्ष ५५ को रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनी वर्ष ९ की सरस्वती भुल र सोही ठाउँका वर्ष ७ की पारु कठायत र वर्ष १० की खिमा कठायत रहेको बताइएको छ ।
 
यसैबीच, लमजुङको क्व्होलासोथार गाउँपालिका–७ तल्लो केम्लीगाउँमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गएराति शौचालय जान बाहिर निस्कने क्रममा ६५ वर्षीय दानबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो ।  
 
चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते हुनुभएको छ । प्रहरी निरीक्षक चापागाईंका अनुसार उहाँको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङका कारण बेँशीसहर नगरपालिका–६ शेराका स्थानीय मदन परियारको एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago