भर्खरै

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • प्रकाशित मिति : बुध, असार १२, २०८१
  • - विद्युत संसार
title
काठमाडौँ, १२ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर दुई हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको ८७ लाख २७ हजार एक सय ६४ कित्ता शेयर ५४ हजार सात सय ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ बराबरको कारोबार भएको छ ।
 
वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् । वित्त समूह शून्य दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव १४ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव २९, जलविद्युत् शून्य दशमलव ५८, लगानी शून्य दशमलव ९१ र जीवन बीमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ । 
 
त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ४८, निर्जीवन बीमा शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव २६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २५ प्रतिशतले घटेको छ ।
 
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार आठ सय ३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको दुई लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago