भर्खरै

लायन्स क्लबद्धारा धार्केमा १ दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न

  • प्रकाशित मिति : मंगल, असार १८, २०८१
  • - विद्युत संसार संवाददाता
title
धादिङ, १८ असार । लायन्स क्लब अफ काठमाण्डौ गौरबद्धारा साईबाबा सामुदायिक अस्पताल धार्केमा १ दिने निःशूल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ ।
 
ओम साईबाबा सामुदायिक हस्पिटल काठमाडौं, साईबाबा सामुदायिक अस्पताल धार्के, नेचुरल स्माईल डेन्टल क्लिनिक ,लायन्स क्लव अफ काठमाडौं गौरब, लायन्स क्लव अफ काठमाडौं गतिशिल, लायन्स क्लव अफ काठमाडौं गौरब प्राईम, लायन्स क्लब अफ काठमाण्डौ सेति कालीलगायत क्लबहरुको सहभागितामा सोमबार निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको साईबाबा सामुदायिक  अस्पतालका सञ्चालक एंव लायन्स क्लव अफ काठमाडौं गौरबका पूर्व अध्यक्ष लायन दयाराम कार्कीले बताउनुभयो ।
 
निःशूल्क स्वास्थ्य शिविरको समापन कार्यक्रमलाई धुनीबेशी नगरपालिका धार्के वडा नं ६का वडाअध्यक्ष रमेश आचार्यले लायन्सद्धारा सेवाभावको हिसाबले गरिएको उत्कृष्ट कार्यलाई प्रसंशा गर्दै आगामी दिनपनि नगरपालिकाको तर्फबाट सदैब साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
 
लायन्स क्लब अफ काठमाण्डौ गौरबका संस्थापक अध्यक्ष विजयचन्द आचार्यले जुलाई १ तारिक प्रत्येक बर्षको लायन बर्ष शुरुवाती दिनलाई  लायन्सहरुको १ बर्षको कार्यकाल शुरुवात हुने भएकोले उक्त  लायन बर्ष कार्यक्रमको  रुपमा यो वर्ष धार्के स्थित साईबाबा सामुदायिक अस्पताल मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको हो।
शिविर उल्लेखिय रुपमा कार्यक्रम सफल रहेको र आगामी दिनमा पनि यस्तै सहयोग लिएर शिविर संचालन गर्ने संस्थापक अध्यक्ष आचार्यले बातउनुभयो ।
 
साईबाबा सामुदायिक  अस्पतालका सञ्चालक एंव लायन्स क्लव अफ काठमाडौं गौरबका पूर्व अध्यक्ष लायन दयाराम कार्कीले धुनीबेशी नगरपालिकाको सवै वडामा स्वास्थ्य शिविर राख्ने योजना रहेकाले नगरपालिकाले आवश्यक सहयोग गर्न अपलि गर्नुभएको थियो ।
 
शिविरमा हाड, जोर्नी तथा नसा सम्बन्धि दुखाई,मधुमेह तथा पिसावको परिक्षण ,जनरल उपचार सेवा,विशेषज्ञ डाक्टरहरुद्धारा निःशूल्क दन्त परिक्षण सेवाको साथै दाँत निकाल्ने तथा दाँत सफा गर्ने,नाक, कान,घाँटी सम्बन्धि उपचार र मुटु तथा किड्नी सम्बन्धि परिक्षण गरिएको सञ्चालक कार्कीले बताउनुभयो । उहाँका अनुसार  स्वास्थ्य शिविरमा ३ सय ५० जना भन्दा बढिले स्वास्थ्य जाँच गराई  सेवा लिएको  जानकारी दिनुभयो ।
 
शिविरमा विशेषज्ञ डाक्टरहरु डा.निरज केसी, डा.भेषराज पोखरेल, डा.विनिध्या श्रेष्ठ र डा.अविनाश अधिकारीद्धारा सेवा प्रदान गरिएको सञ्चालक कार्कीले बताउनुभयो ।
पद हस्तान्तरण कार्यक्रम
 लायन्स क्लव अफ काठमाडौं गौरबले लायन बर्ष २०२४-२०२५ का अध्यक्षलाई आगामी १ बर्ष भरि गरिने कार्ययोजनाको प्रतिबद्धता सहित पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न गरियो । पद हस्तान्तरण कार्यक्रम र शिविर समापन कार्यक्रमलाई लायन्स क्लव अफ काठमाडौं गौरबका पूर्व अध्यक्ष लायन बासु रिजालले कार्यक्रम संचालन गर्नुभएको थियो भने क्लबका बहुमत सदस्यहरुको उपस्थितीमा फेलोसिप कार्यक्रम समेत  सम्पन्न गरियो ।  
  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago