भर्खरै

औद्योगिक क्षेत्रमा बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित

  • प्रकाशित मिति : शुक्र, असार २१, २०८१
  • - विद्युत संसार संवाददाता
title
मकवानपुर, २१ असार । हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ बहुराष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमीबीच  प्रतिस्पर्धा चलेको छ । उनीहरु दैनिकजसो औद्योगिक क्षेत्र व्यवस्थापनसँग सम्पर्कमा आउन थालेका छन् । 
 
सो औद्योगिक क्षेत्र परिसरभित्र अहिले विभिन्न १५ वटा निर्माणाधीन उद्योग छन् । तीमध्ये सात उद्योगले भवन निर्माण गरिरहेका छन् । निर्माणाधीन उद्योगले आगामी नौ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन् । हेटौँडा औद्योगिक क्षेत्रमा विभिन्न प्रकारका एक सय २२ उद्योग सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । 
 
सो औद्योगिक क्षेत्रमा एक दशकदेखि विभिन्न प्रकारको छ वटा उद्योग आर्थिक सङ्कट र कच्चापदार्थको अभावमा बन्द भएका थिए । यहाँ सञ्चालित विभिन्न उद्योगबाट हालसम्म आठ हजार दुई ७५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको औद्योगिक क्षेत्रका सूचना अधिकारी मनिष मिश्रले जानकारी दिनुभयो । 
 
हेटौँडा औद्योगिक क्षेत्रमा विभिन्न मझौला उद्योग, बहुराष्ट्रिय कम्पनी स्थापना गर्ने क्रममा औद्योगिक क्षेत्रको पूर्वतर्फ रहेको करिब एक हजार दुई रोपनी जग्गा जगेडामा राखिएको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक सङ्गीता कुँवरले बताउनुभयो । उहाँका अनुसार औद्योगिक क्षेत्र परिसरभित्र २० वर्षअघिदेखि सरकारी स्वामित्वमा रहेको हेटौँडा दूध वितरण आयोजना, बागमती प्रदेश, खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेशको माटो परीक्षण कार्यालय, प्रदेशको बीउबिजन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाल बैंक लिमिटेड, सशस्त्र प्रहरी कार्यालय र बागमती प्रदेशका केही मन्त्रीहरुको आवासीय निवास सञ्चालनमा छन् । 
 
उक्त औद्योगिक क्षेत्रमा हाल सञ्चालित केही उद्योगले उत्पादन गरेको विद्युतीय सामाग्रीलगायतले विदेशी मुद्रा आर्जन गरिरहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका– १३, मयुँरधापमा स्थापना गर्न खोजिएको मयुँरधाप औद्योगिक क्षेत्रका संरचनालाई व्यावहारिकरुपमा प्रयोगमा ल्याउन नेपाल औद्योगिक विकास निगमबाट अनुगमनगरी तत्काल उद्योग स्थापना गर्ने प्रक्रियाको सहजीकरण भइरहेको औद्योगिक क्षेत्रका प्रबन्धक कुवँरले बताउनुभयो । सरकारले विसं २०२० मङ्सिर २२ गते हेटौँडामा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago