भर्खरै

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

  • प्रकाशित मिति : शुक्र, असार २१, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २१ असार । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयक अन्तर्गत विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो । 
 
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक पारित गरियोस् भनी अर्थमन्त्री वर्षमान पुनले सभासमक्ष प्रस्ताव गर्नुभएको थियो । 
 
दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणपछि नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि लागू हुनेछ । आजको बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले  स्वीकृत गरेको छ । ती विधेयकमा सांसदको संशोधन ९सुझाव० का आधारमा आगामी बैठकमा दफाबार छलफल हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते आइतबार बिहान ११ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago