भर्खरै

अझै पूरा भएन गण्डकी प्रदेशको दुई वर्षभित्रमा सबै घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्य

  • प्रकाशित मिति : शनि, असार २२, २०८१
  • - विद्युत संसार संवाददाता
title
गण्डकी, २२ असार । विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा विद्युत् सेवा पुर्‍याउने निर्णय गरेको थियो । घोषणा भएको सात वर्ष बितिसक्दा पनि प्रदेश सरकारको उक्त लक्ष्य पूरा हुन सकेको छैन । 
 
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेटमा पनि ‘उज्यालो गण्डकी’ घोषणा गरिएको छ । आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरिने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । 
 
प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरधुरी अझै बिजुलीको पहुँचबाहिर रहेको पाइएपछि उक्त लक्ष्यलाई आगामी आवको बजेटमा पनि निरन्तरता दिइएको मन्त्रालयको ऊर्जा शाखा प्रमुख इञ्जिनियर जीवन श्रेष्ठले बताउनुभयो । नवलपुरको बौँदीकाली, बुलिङटार र तनहुँको देवघाट क्षेत्रमा विद्युत् सेवा विस्तारको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।  
 
“नवलपुरमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले जिम्मा लिएको छ, प्रदेशले बजेट पनि उपलब्ध गराइसकेको छ”, इञ्जिनियर श्रेष्ठले भन्नुभयो, “प्राधिकरणले काममा ढिलाइ गरेकाले चालु आवमा ‘उज्यालो गण्डकी’ घोषणा हुन सकेन, तनहुँमा पनि प्राधिकरणले आफ्नै आयोजनाबाट तीन सय ७० घरमा विद्युत् सेवा पुर्‍याउन बाँकी छ ।”
 
आगामी भदौभित्र दुवै जिल्लामा बाँकी रहेका घरधुरीमा विद्युत् सुविधाको पहुँच सुनिश्चितता भएपछि उज्यालो गण्डकी घोषणा गरिने उर्जा शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । मन्त्रालयको तथ्याङ्कअनुसार ९९ दशमलव ५० घरमा विद्युत् सेवा पुगेको छ । छुटेका घरमा बिजुली पु¥याएर ‘उज्यालो गण्डकी’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको उहाँले जानकारी दिनुभयो ।  
 
बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी’ को लक्ष्य आगामी आवभित्रमा हासिल हुने मन्त्रालयले जनाएको छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार झण्डै २४ सय घरमा बिजुली नपुगेको देखिएको उर्जा शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरलाई स्वघोषणा गरेर जानकारी गराउनसमेत मन्त्रालयले सूचित गरेको छ । 
 
विद्युत् प्राधिकरणको १३ वटा वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युत् विस्तारको काम भइरहेको छ । मन्त्रालयको उर्जा शाखा प्रमुख श्रेष्ठका अनुसार राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाउँमा लघुजलविद्युत् र घरेलु सौर्य उर्जामार्फत विद्युत् सेवा पु¥याइएको छ ।
 
घरेलु सौर्य उर्जा जडानका लागि प्रदेश सरकारले अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । उर्जा शाखा प्रमुख श्रेष्ठले बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय बढी घरमा सौर्य ऊर्जा जडान गरिएको जानकारी दिनुभयो । प्रदेशका ९५ दसमलव ६८ प्रतिशत घरमा राष्ट्रिय प्रसारण लाइनमार्फत र बाँकीमा लघुजलविद्युत्, नवीकरणीय ऊर्जालगायतबाट विद्युत् सेवा पुगेको छ । 
 
राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखाका सात स्थानीय तहका एक हजार दुई सय पाँच घरमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य उर्जा जडान गरिएको मन्त्रालयले जनाएको छ । 
 
संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कूल एक सय ६२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० वटा लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन भइरहेको बताउँदै उर्जा शाखा प्रमुख श्रेष्ठले यसबाट १५ हजार चार सय ४० घर लाभान्वित भएका जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको हो । 
 
सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाट क्षमताको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरेको छ । गत वर्ष ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago