भर्खरै

आज नेप्से परिसूचक ७०.१८ अंक बढ्यो, ९ अर्ब १३ करोड बराबरको कारोबार

  • प्रकाशित मिति : मंगल, साउन १, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १ साउन । शेयर बजारमा लामो समयपछि नेप्सले ठूलो फड्को मारेको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ७० भन्दा धेरै अंकले बढेर २ हजार ३ सयको बिन्दु पार गरेको छ ।
 
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो । पौडेलले पदभार ग्रहणको दिन सोमबार भने नेप्से १७.१८ अङ्कले घटेको थियो । आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १३ करोड बराबरको कारोबार भएको छ । 
 
सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । 
 
यो दुई वर्षयताको उच्च विन्दु हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २ हजार ३५० दशमलव ४२ बिन्दुमा बन्द भएको थियो। त्यसयता नेप्सेले २ हजार ३ सयको बिन्दु पार गर्न सकेको थिएन ।
 
यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।
 
सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । इङवा हाइड्रोपावरको मूल्य ९.७, अपी पावरको ९.६ प्रतिशत मूल्य बढ्यो ।
 
यस दिन मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहे । एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घट्यो । माण्डु हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।
 
कारोबार रकमका आधारमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, जानाकी फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago