भर्खरै

कृष्णनगर विद्युत् केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन

  • प्रकाशित मिति : मंगल, साउन ८, २०८१
  • - विद्युत संसार
title
कृष्णनगर (कपिलवस्तु), ८ साउन । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।
 
कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भन्नुभयो, “आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले रु ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ २५ पैसा सङ्कलन गरेको थियो ।” 
 
गत आवमा नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिनुभयो । आव ०७९र८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो । गतवर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ । 
 
प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी रु आठ लाख १९ हजार सात सय २२ रुपैयाँ ५४ पैसा सङ्कलन गरेको छ ।
 
कालोसूचीमा परेका ६१ ग्राहकबाट रु ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत रु दुई लाख ४४ हजार चार सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ । 
 
प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत रु तीन लाख तीन हजार नौ सय ५३, बन्दी मिटरबाट रु चार लाख २९ हजार चार सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ । विद्युत् महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत रु छ करोड ७५ लाख आठ सय ३३ सङ्कलन गरेको हो ।
 
केन्द्रले सडक बत्तीको रु सात करोड चार लाख ३७ हजार नौ सय ८३ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता रु छ करोड छ लाख ३३ हजार एक सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ । 
 
वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् । बाँकी पाँचवटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार पाँच सय ८१ ग्राहक छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago