भर्खरै

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

  • प्रकाशित मिति : सोम, साउन १४, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ ।
 
भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताउनुभयो ।
 
भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “म पनि चीनसँग सीमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सीमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण मिलाई दिनुहुनेछ भन्ने आशा मैले लिएको छु,” उहाँले भन्नुभयो ।
 
चीनसँग नेपालले ऋण नभई अनुदान सहयोग चाहेको मन्त्री खड्काको भनाइ छ । ऊर्जामन्त्री खड्काले चीनले सामाजिक, आर्थिक र प्रविधिको विकासमा ठूलो फड्को मारेकाले यसको अनुसरण नेपालले समेत गर्न चाहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago