भर्खरै

प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित

  • प्रकाशित मिति : बुध, साउन ३०, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ३० साउन । प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ।
       
सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतबाट पारित भएको हो ।
 
विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छः कानुनमन्त्री चौरसिया

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताउनुभएको छ ।  
 
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गर्नुभएको छ । 
 
उहाँले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । “सबैले एकस्वरमा शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गर्नुभएको छ । यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ”, उहाँले भन्नुभयो, “यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।” 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago