भर्खरै

गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई लायन्स क्लबको सहयोग

  • प्रकाशित मिति : बिही, साउन ३१, २०८१
  • - विद्युत संसार
title
काठमाडौं, ३१ साउन । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ ।
 
 लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो । 
 
उक्त टोलीमा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यम बहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारी लगायतका अन्य लायन्स लिडरहरुको उपस्थिती रहेको थियो । 
 
पहिरोमा मृतक ५ जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । पिडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पिडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो । 
 
आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामाग्रीहरु संकलन गरी पिडितलाई दिने कार्य गरिरहेको छ । त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पिडीत परिवारलाई पनि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ ।
 
डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले बडिगाड गाउँपालिका वडा नं ९ को नयाँ बस्ती र वडा नं. १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारा लगायतका बस्तीमा सहयोग गरेको हो । 
उनीहरुले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसना लगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामाग्रीहरु बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।
 
बागलुङ पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जनाको अवस्था अझै पनि अज्ञात छ । डिष्ट्रिक्ट ३२५ जे नेपालको टोलीमा पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन ध्रुब बहादुर थापा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, क्लब एक्स्टेन्सन चिफ लायन नरेश कँडेल, धौलागिरी क्षेत्रका रिजन, जोन चियरपर्सन, क्लब प्रेसिडेन्ट लगायतका लायन्स सदस्यहरुको सहभागिता थियो । 
 
जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं पिडित परिवारका लागि सकेको आवश्यक सामाग्री प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले बताइन् । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिका लगायत देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएपछि लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनमा राहत माग गरेको थियो । उक्त मागलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले राहतकोषबाट १० हजार डलर रकम प्रदान गर्ने निर्णय गरेको छ । जनसञ्चार न्युज डट कमबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago