भर्खरै

प्रदेशमा लगानी सम्मेलन आयोजना हुन्छः मुख्यमन्त्री कार्की

  • प्रकाशित मिति : शुक्र, साउन ३२, २०८१
  • - विद्युत संसार संवाददाता
title
मोरङ, ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताउनुभएको छ । वर्तमान सरकार स्थापना भएको एक सय दिनको पूर्वसन्ध्यामा उद्योगी, व्यापारीसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिँदै उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षित गरिने बताउनुभयो । 
 
मुख्यमन्त्री कार्की निजी क्षेत्रले सुनसरीको अमडुवामा (बर्जु गाउँपालिका) उद्योग स्थापनाका लागि तयार भए छ सय ५० विघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त्त गर्नुभयो । उहाँले प्रदेश सरकारले निजी क्षेत्रको सहयोगमा पर्यटकीय स्थललाई दुई ठूला छिमेकी मुलुकमा प्रबर्द्धन गरी पर्यटक आगमन बढाउने पनि उल्लेख गर्नुभयो । 
 
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिको व्यवसायिकरण, आधुनिकरण र लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले सरकारसँग समन्वय गरी जनताको समृद्धि कायम गर्न अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago