भर्खरै

तनहुँमा करिब रु आठ करोड विद्युत् बक्यौता

  • प्रकाशित मिति : सोम, भदौ ३, २०८१
  • - विद्युत संसार डटकम
title
दमौली तनहुँ ३ भदौ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब रु आठ करोड विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा रु सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । 
 
सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट रु तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गार्हस्थ्यतर्फ रु एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ रु ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ रु एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ रु एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ रु ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ रु ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ रु ३६ हजार सात सय चार, मन्दिरतर्फ रु ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ । 
 
आर्थिक वर्ष २०७९/८० मा रु आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये रु ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा विद्युत्का ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago