भर्खरै

स्थानीय तहको स्वमूल्याङ्कनमा गोरखाको कुन स्थानीय तहले कति पाए अंक ? सूची हेर्नुहोस्

  • प्रकाशित मिति : शुक्र, भदौ ७, २०८१
  • - शिखर श्रेष्ठ
title
काठमाडौँ, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । 
 
प्रतिवेदन अनुसार गोरखा जिल्लामा शहिदलखन गाउँपालिका ८४.२५ अंक सहित उत्कृष्ट भएको छ भने दोस्रोमा ८१.७५ अंकका साथ गण्डकी गाउँपालिका रहेको छ । त्यस्तै क्रमशः भीमसेन गाउँपालिका ८१.२५ अंक, पालुङ्गटार नगरपालिका ७४.५० अंक, आरुघाट गाउँपालिका ७१.०० अंक, अजिरकोट आउँपालिका ६८.००अंक धार्चे गाउँपालिका ६७.०० अंक, सिरानचोक आउँपालिका ६२.५० अंक, गोरखा नगरपालिका ४८.५० र ४८.२५  अंक सहित चुमनुब्री गाउँपालिका अन्तिममा परेको छ ।    
 
मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिका समेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए । 
 
उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।
 
गोरखा जिल्लामा कुन स्थानीय तहले कति अंक प्राप्त गरे नतिजा हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago