भर्खरै

प्रतिनिधिसभाः महँगी नियन्त्रण गर्नुपर्नेमा सांसदको सुझाव

  • प्रकाशित मिति : बिही, भदौ १३, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभामा सांसदहरुले चाडपर्वको मुखमा महँगी बढ्ने भन्दै समयमा महँगी नियन्त्रण गर्न योजना बनाएर कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभएको छ । आजको बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै महँगी बढ्ने भन्दै बजार अनुगमन गर्न सरकारलाई सुझाव दिनुभएको हो । 
 
बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीको मुहारमा खुसी आउन नसकेको बताउनुभयो । “मुलुकमा एक लाख ६० हजार भूमिहीन नागरिक छन्, भूिमहीन र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा उपलब्ध गराउने कानुन बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो । 
 
सांसद अञ्जली श्रेष्ठले महिला हिंसाको घटना दिनप्रतिदिन बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न गर्न नसकिने बताउनुभयो । सांसद अनितादेवीले किसानले उत्पादन गरेको वस्तुले बजार पाउन नसकेको भन्दै कृषिजन्य वस्तुको बजार सुनिश्चित र बीमाको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
 
सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्नका लागि आवश्यक पहल थाल्नुपर्ने सुझाव दिनुभयो । सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षण हुनुपर्ने बताउनुभयो ।
 
सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साघुँरो भएकाले गाडी आततजावत गर्दा जाम हुने समस्या रहेको भन्दै उक्त क्षेत्रका बासिन्दा क्षतिपूर्ति लिएर घर भत्काउन सहमत भएकाले मुआब्जा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभयो ।  
 
सांसद उर्मिला माझीले सत्ता पक्षले परिस्थितिलाई विद्यमान समस्या दीकालीन रुपमा समाधान गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरी घर्तीले मुमुलका कतिपय स्थानमा हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत हैजा व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलन गरी सार्कलाई सक्रिय बनाउन नेपालमा सम्मेलन आयोजना गर्न सरकारले पहल थाल्नुपर्ने बताउनुभयो ।  
 
सांसद कान्तिका सेजुवालले लैङ्गिक समनाताका लागि समसामयिक बहस गर्न जरुरी रहेको बताउनुभयो । सांसद कालुराम राईले सडकका खाल्टा पुर्न र सडक सुधार गर्न सरकारलाई सुझाव दिनुभयो । सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउँदै जानुपर्ने बताउनुभयो ।
 
शून्य समयमा सांसद गणेश पराजुलीले महँगी व्यवस्थापन गरेर आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वस्थ रहने हक सुनिह्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
 
सांसद गङ्गा कार्कीले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । सांसद गङ्गाप्रसाद यादवले भ्रष्टचाार निन्त्रयण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । 
 
आजको बैठकमा सांसद गङ्गाराम चाौधरी, अम्मरबहादुर रायमाझी, डा चन्दा कार्की भण्डारी, डा चन्द्रकान्त भण्डारीले, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे),  छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago