भर्खरै

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल

  • प्रकाशित मिति : शुक्र, भदौ १४, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १४ भदौ । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । समितिको आज बसेको बैठकमा पहिलो पटक उक्त विधेयक माथि छलफल सुरु गरिएको हो । 
 
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा रहेका देहायका समस्यालाई विधेयक आवश्यक भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभयो । विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने उहाँले उल्लेख गर्नुभयो । वातावरण तयार भएपछि वस्तु तथा सेवाको उत्पादन घट्दै जाने र वातावरण संरक्षणमा थप टेवा पुग्न गई जलवायु परिवर्तनको असर न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने मन्त्री खड्काको भनाइ थियो । 
 
“ऊर्जा दक्षताबाट बचत भएको ऊर्जालाई पहुँच कम भएको क्षेत्रमा वितरण गरी राज्यको दिगो विकास हासिल गर्ने उद्देश्य प्राप्तिमा सघाउ पुग्दछ,” उहाँले भन्नुभयो, “ग्रामीण ऊर्जा नीति, २०६३ ले परिकल्पना गरेको नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्न तथा राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ ले परिकल्पना तथा ऊर्जा दक्षता अभिवृद्धि गर्न र ऊर्जा संरक्षणका सम्बन्धमा नियमन व्यवस्थापन गर्ने कानुनको अभावलाई पूर्ति गर्न विधेयक जरुरी छ ।”
 
मन्त्री खड्काका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका सम्बन्धमा सङ्घीय इकाइबीच अधिकार जिम्मेवारीको बाँडफाँट गर्न तथा आपसी समन्वय गर्ने सङ्घीय कानुनको आवश्य पूरा गर्न र नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रलाई नियमन गर्ने नियमनकारी निकाय अभाबलाई पूर्ति गरी आवश्यक अधिकार प्रदान गर्ने उद्देश्य छ । ऊर्जाको असमान र अनावश्यक प्रयोग गर्ने अभ्यास तथा प्रणालीको कारण सिर्जित समस्यालाई सम्बोधन गर्न समेत विधेयक आवश्यक पर्ने उहाँको भनाइ छ । 
 
समितिका सभापति जयन्तीदेवी राईले सबै सरोकारवालासँग थप छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago