भर्खरै

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः मन्त्री पाण्डे

  • प्रकाशित मिति : सोम, भदौ १७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १७ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताउनुभएको छ । 
 
आज यहाँ आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो । “मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र पनि प्रभावकारी हुनु पर्छ ।”
 
मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै हवाई सुरक्षा अभिवृद्धिमा सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी दिनुभयो । हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उहाँले बताउनुभयो ।
 
फरक प्रसङ्गमा मन्त्री पाण्डेले वर्तमान सरकार २०८४ सम्मै रहने विश्वास व्यक्त गर्नुभयो । आवश्यकताअनुसार अन्य दललाई समेत साथमा लिएर अघि बढ्ने उहाँको भनाइ थियो । 
 
कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।
 
टानका अध्यक्ष नीलहरि बास्तोलाले टानलाई व्यवसायमैत्री बनाएर पदमार्गको संरक्षण प्रवद्र्धनमा जोड दिनुभयो । टानको नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरुले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे समूहगत रुपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
 
टानका महासचिव विनोद सापकोटाका अनुसार नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान जारी रहेको छ । साँझ ६ बजेसम्म मतदान हुनेछ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago