भर्खरै

निर्धारित समयमै काठमाडौँ–तराई–मधेस दू्रतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

  • प्रकाशित मिति : मंगल, भदौ १८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १८ भदौ । रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
 
  रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रूतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 
 
“द्रूतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भन्नुभयो । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ । 
 
सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब  ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रूतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
 
देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उहाँले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताउनुभयो । 
 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको उच्चतम् प्रयोग गर्न सुझाव दिनुभयो । 
 
रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले बजेट विनियोजनको परम्परागत ढर्रालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै खर्च गर्ने क्षमता हेरेर बजेटको उपयुक्त विनियोजन गर्न योजना आयोगसमक्ष आग्रह गर्नुभयो । 
 
कामु प्रधान सेनापति अशोकराज सिग्देलले न्यून बजेट विनियोजनका कारण राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आशङ्का पैदा भएको उल्लेख गर्दै त्यस्ता आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । 
 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव मनमाया भट्टराई ९पङ्गेनी०, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव इन्द्रकुमारी थपलिया, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत खिलानाथ दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले गत आवमा रक्षा मन्त्रालयले हासिल गरेका भौतिक तथा वित्तीय प्रगति प्रशंसनीय रहेको बताउनुभयो । 
 
गत आवमा रक्षा मन्त्रालय र अन्तर्गतको निकायमा रु ५३ अर्ब ७९ करोड ८६ लाख ७३ हजार चालु र रु पाँच अर्ब ५६ करोड ७५ लाख पूँजीगत गरी कुल रु ५९ अर्ब ४६ करोड ९८ लाख ७३ हजार बजेट विनियोजित भएको थियो । त्यसमध्ये गत असार मसान्तसम्म रु ५३ अर्ब ७१ करोड सात लाख चालु र रु पाँच अर्ब ५२ करोड ५२ लाख पूँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago