भर्खरै

हेटौँडा क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण अभियान

  • प्रकाशित मिति : बुध, भदौ १९, २०८१
  • - विद्युत संसार संवाददाता
title
बागमती, १९ भदौ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ । विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो ।
 
हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट एक प्रतशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिनुभयो ।  
 
आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा रु दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको सो कार्यालयले जनाएको छ । यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्रमुख यादवले बताउनुभयो । 
 
विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उहाँको भनाइ छ । अभियान सुरु भएपछि महसुल सङ्कलनमा सुधार भएको छ । आव २०८०/८१ म सो कार्यालयले रु दुई अर्ब ५४ करोड ५७ लाख पाँच हजार पाँच सय २३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिनुभयो । उक्त कार्यालयमा ७७ हजार सात सय ६० ग्राहक छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago