भर्खरै

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छः ऊर्जा मन्त्री खड्का

  • प्रकाशित मिति : बुध, भदौ २६, २०८१
  • - विद्युत संसार संवाददाता
title
धनकुटाबजार (धनकुटा), २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज धनकुटाबजारमा आयोजित ‘बधाई तथा भेटघाट’ कार्यक्रममा उहाँले हिजो अलपत्र परेका ठूला जलविद्युत् आयोजनालाई सरकारले अगाडि बढाएको हो भन्नुभयो  ।
 
“ऊर्जा क्षेत्रबाट मात्र मुलुकको विकास सम्भव छ, सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरेर २० हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने लक्ष्य लिएको छ,” उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न वर्गलाई आर्थिक हिसाबले समृद्ध  बढाउनका लागि वर्तमान सरकारले काम गर्ने बताउनुभयो । 
 
उहाँले स्थानीय तहमा आउने बजेट कार्यान्वयन भए नभएकोबारे जनता चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले नेपाली कांग्रेसले जनतालाई अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले जनताको आवश्यकताका लागि दुई ठूला दल मिलेर सरकार बनेकाले यो सरकारलाई विकास निर्माणमा पछाडि फर्कने छुट नभएको उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोलले धनकुटाको विकासमा सहयोग गर्न मन्त्री खड्कालाई आग्रह गर्नुभयो । उहाँले धनकुटामा ऊर्जा र सिँचाइका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यता रहेकाले यसलाई पूरा गर्नका लागि केन्द्र सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago