भर्खरै

जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

  • प्रकाशित मिति : बुध, भदौ २६, २०८१
  • - विद्युत संसार संवाददाता
title
धनकुटा, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा यहाँस्थित सरकारी कार्यालयका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी जनताको काम छिटोछरितो सक्नेगरी गर्न निर्देशन दिनुभएको हो ।
 
“उच्च मनोवलका साथ जनताको काम चाँडो सम्पन्न हुनेगरी काम गर्नुहोस्, सरकार तपाईहरुको साथमा छ,”–उहाँले भन्नुभयो । वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्यसम्पादन गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री खड्काले पूर्वी पहाडी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
जलस्रोत तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले कृषि र पर्यटनमार्फत धनकुटाको विकास सम्भव रहेको बताउनुभयो । उहाँले यहाँका कृषि उत्पादनलाई बजारीकरण गर्नसके यस जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ऊर्जा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो । उहाँले यहाँका बाँझो जग्गालाई सिँचाइ सुविधा पु¥याउन सके कृषिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटाको वर्तमान अवस्था र आगामी गर्नुपर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago