भर्खरै

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

  • प्रकाशित मिति : शुक्र, भदौ २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
बैतडी, २८ भदौ । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । 
 
विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेको छ ।”
 
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या  भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लाइनमा आएको समस्या केही हदसम्म समाधान भएको छ, अब  मुख्य फेडरबाट लाइन चलिरहेको छैन । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।”
 
यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका छ जिल्ला रेड जोडमा राखेको छ । 
 
लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । सबैलाई सतर्कता अपनाउन आग्रह छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago