भर्खरै

एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइनेः ऊर्जा मन्त्री खड्का

  • प्रकाशित मिति : शुक्र, भदौ २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
चितवन, २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गर्नुभयो । 
 
नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।” 
 
विद्युतको उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताउनुभयो । 
 
मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।” व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उहाँले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago