भर्खरै

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

  • प्रकाशित मिति : शुक्र, भदौ २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
म्याग्दी, २८ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । 
 
हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो । यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । 
 
“मिलनचोकदेखि दाना जोड्ने लामो दूरीको वितरण लाइनका कारण बेनी बजार नजिकै रहेको गलेश्वरमा विद्युत् आपूर्ति अनियमित हुने समस्याको अन्त्यका लागि बेनीको कालीपुलदेखि गलेश्वर नयाँ लाइन सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “धार्मिक पर्यटकीयस्थल पनि भएकाले गलेश्वरमा नियमित गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको हो ।”
 
कालीपुलदेखि गलेश्वरसम्म ८४ वटा खम्बा गाडेर तीन किलोमिटर दूरीको तार तानिएको छ । दुई सय र ५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ । गलेश्वरमा समस्या आउँदा बेनीमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन कालीपुल नजिकै डल्लेपीपलमा ‘डियो’ राखिएको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताउनुभयो ।  
 
म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका करिब २२ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रमा १३२ केभी क्षमताको मिलनचोक सव स्टेशनबाट विद्युत् आपूर्ति हुन्छ । मिलनचोकदेखि रत्नेचौर, बेनी, दरबाङ र दाना फिडरबाट विद्युत् वितरण हुन्छ । 
 
विद्युत् वितरण लाइन सुधार भएपछि नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वर शिवालय मन्दिरका साथै गलेश्वरका करिब एक सय ५० घरधुरी लाभान्वित भएका बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । सडक छेउमा सडकबत्ती पनि राख्न मिल्नेगरी बिजुलीको खम्बा गाडिएको उहाँले बताउनुभयो ।  
 
गलेश्वरमा रहेको होटल व्यवसायी ताराप्रसाद आचार्यले नयाँ लाइनबाट विद्युत् आपूर्ति हुन थालेपछि स्थानीयवासी र व्यवसायीलाई धेरै सहज भएको बताउनुभयो । “यसअघि विद्युत् आपूर्ति अनियमित भएर हैरान भएका थियौँ”, उहाँले भन्नुभयो, “नयाँ लाइन जोडेपछि विद्युत् नियमित आपूर्ति भएको छ ।” 

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago