भर्खरै

नेपालगञ्ज इलेक्ट्रिकल एसोसिएसनको नेतृत्वमा दामोदर सापकोटा निर्विरोध निर्वाचित

  • प्रकाशित मिति : आइत, भदौ ३०, २०८१
  • - विद्युत संसार संवाददाता
title
नेपालगन्ज, ३० भदौ । नेपालगन्ज इलेक्ट्रिकल एसोसिएसनको नवौँ एवं दशैं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । 
 
हिजो भाद्र २९ गते शनिबार सुर्खेत रोड नेपालगञ्ज बाँकेमा सम्पन्न भएको साधारण सभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । नवौँ एवं दशैं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले एसोसिएसनको नेतृत्वमा व्यवसायी दामोदर सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । 
 
अध्यक्षमा सापकोटासँगै उपाध्यक्षमा शिवराज वर्मा, सचिवमा अशोकबाबु दाहाल, कोषाध्यक्षमा महवुव अहमद कुरैसी, सह–सचिवमा बुद्धि बहादुर ओली निर्विरोध निर्वाचित हुनुभएको छ ।
 
साथै कार्यसमिति सदस्यहरूमा सुरेन्द्र कुँवर, राम कुमार प्रसाईँ, अब्दुल वाहिद अन्सारी, मदनलाल जैसी, राम समुज तेली, अङ्कित अग्रवाल, विकास भट्टराई, परशुराम साहु, नविन घिमिरे र रविन्द्र गिरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
 
विद्युतीय व्यवसायीहरूको संस्था नेपालगन्ज इलेक्ट्रिकल एसोसिएसनले आफ्नो स्थापनाकाल देखि नै व्यवसायीहरूको हकहितको लागि आवाज उठाउँदै आएको छ भने विभिन्न सामाजिक कार्य पनि सक्रिय रुपमा सहभागिता जनाउदै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago