भर्खरै

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

  • प्रकाशित मिति : आइत, भदौ ३०, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ ।
 
भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताउनुभयो । 
 
उहाँले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको सुरुआतलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
 
ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि उल्लेख गर्नुभएको छ । 
 
नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत् निर्यातले दुई देशबीच विद्युत् व्यापारको ढोका खोल्ने ऊर्जामन्त्री खड्काले बताउनुभयो । यसो हुनसके नेपालको विद्युत् व्यापारमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने उहाँको भनाइ थियो ।
 
मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो । 
 
भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताउनुभयो । 
 
राजदूत चौधरीले विद्युत् उत्पादन, व्यापार र प्रसारण लाइनको विकासमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले बङ्गलादेशले सिँचाइको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
 
भेटमा ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago