भर्खरै

संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, भदौ ३१, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ३१ भदौ । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघले आज सोमबार सुन्धारा इनभेष्टमेन्टको भवन भोटेवहालमा भएको कार्यक्रममा ५३ जनाले रक्तदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो । 
 
कार्यक्रमलाई सुन्धारा इनभेष्टमेन्ट कम्पनी लिमिटेडको सहयोगमा कार्यक्रम सम्पन्न भएको संघका सचिव श्रीलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपध्यक्ष प्रेम बहादुर जिसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
 
 
विहान ११ बजे देखि सुरुभएको कार्यक्रम ३ः३० बजे समापन भएको थियो । कार्यक्रममा व्यवसायी सदस्यहरुको स्वास्थलाई मध्यनजर गर्दै निःशुल्क सुगर परिक्षण कार्यक्रम समेत गरिएको थियो । 
 
संघले काठमाडौं जिल्लामा विद्युतीय सामानहरुको उत्पादन, विक्री तथा तत्सम्बन्धी व्यवसाय गरिरहनु भएका उद्यमी एव्म व्यापारी/व्यावसायीहरु बीच आपसी समन्व्य र सहयोग गरी यस वर्गको हकहितको संरक्षणमा लाग्दै आएको छ । संघले रक्तदानसँगै विभिन्न सामाजिक कार्यका साथै सदस्यहरुको मनोरञ्जनका लागि हाईकिङ्ग, फुट्सल लगायत कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago