भर्खरै

जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छः ऊर्जामन्त्री खड्का

  • प्रकाशित मिति : बुध, असोज ९, २०८१
  • - विद्युत संसार संवाददाता
title
रसुवा ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताउनुभएको छ । 
 
रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आज स्याफ्रुबेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उहाँले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताउनुभयो । 
 
“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिलेसम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्‍याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उहाँले भन्नुभयो । 
 
रसुवा जिल्लामा  मङ्गलबार र बुधबार भएको  स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको थियो । 
 
निरीक्षणमा रसुवा आइपुग्नुभएका मन्त्री खड्कालाई चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीले कर्मचारीहरूको समस्याका बारेमा जानकारी गराएका थिए । 
 
यस्तै, पार्टीका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिले रसुवाको ऊर्जा विकासमा भएका समस्या, सिँचाइका समस्या र भूक्षयको समस्याका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले जलविद्युत्को प्रचुर सम्भावना बोकेको रसुवामा रहेका जलविद्युत् केन्द्रको उचित प्रयोग गरी रसुवावासी जनतालाई लाभ दिन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले रसुवाका स्रोत र साधनमार्फत समृद्ध रसुवा निर्माण गर्न कांग्रेसको सधैँ साथ र सहयोग रहेको बताउनुभयो । कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङले रसुवाको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 
 
मन्त्री खड्कासँगै जलविद्युत् केन्द्रको अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत रसुवा आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago