भर्खरै

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छुः मन्त्री पाण्डे

  • प्रकाशित मिति : बिही, असोज १०, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ  ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘एटिसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिम’को उद्घाटन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । फिर्ता ल्याउने प्रक्रिया अघि बढाउँछु ।”
 
मन्त्री पाण्डेले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक संरचना बनाउने विश्वास दिलाउनुभयो । जग्गा अपुग भएकाले सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरी पहल गर्ने उहाँको भनाइ थियो । 
 
प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो । “नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश प्रवाह हुनेगरी काम गर्न जरूरी छ”, उहाँले भन्नुभयो, “नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरुरी छ  । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ ।”
 
मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि  कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई निर्देशन दिँदै त्यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताउनुभयो । नेपाल वायुसेवा निगमलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago