भर्खरै

ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन

  • प्रकाशित मिति : शनि, असोज १९, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्रालयको फोहर व्यवस्थापनमा खटिनुभएको छ । उहाँले आज मन्त्रालय परिसरभित्र सरसफाइ गर्दै कर्मचारीलाई समेत हौसला प्रदान गर्नुभयो । सरसफाइ गर्ने क्रममा मन्त्रालय, मन्त्रालयअन्तर्गत रहेका सबै कार्यालयलाई सफा उहाँले राख्न आग्रह गर्नुभयो ।
 
मन्त्री खड्काले पुराना प्रयोगमा नआएका सवारीसाधनलाई कानुनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । हिजो सरसफाइको सुरुआत गरिए पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वस्थ हुन सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, उहाँले भन्नुभयो ।
 
मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालय मात्र नभई देशभरका मन्त्रालयअन्तर्गतका कार्यालयमा पनि सरसफाइलाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago