भर्खरै

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

  • प्रकाशित मिति : आइत, कार्तिक ४, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ४ कात्तिक । व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
 
अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो । उहाँले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिनुभयो ।
 
राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
 
बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउन भएको थियो । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago