भर्खरै

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री

  • प्रकाशित मिति : बुध, कार्तिक ७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताउनुभएको भएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उहाँले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारी साधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताउनुभयो । 
 
“ठाउँ ठाउँमा सडक भत्किएका थिए, सडक पहिरोले पुरिएका थिए र पुलहरू बाढीले बगाएका थिए, विपद्पछि नेपालीहरूको महान् पर्व बडादसैँ आयो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजधानी आउने÷जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त नागरिक डराएका थिए । सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने उनीहरुमा डर थियो ।” 
 
सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्दै परिणामस्वरूप, राजधानी आउने सडकहरु चालु अवस्थामा पु¥याएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अब बन्दै बन्दैन भनिएको बिपी राजमार्गमा तत्काल सवारी साधन चल्न सुरु गरे,” उहाँले भन्नुभयो, “यस वषर्को दसैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्ष जस्तै करिब आठ लाख १४ हजार पुग्यो । दसैँमा एक लाख ११ हजार सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago