भर्खरै

आठ वर्षपछि दम्ती सब–स्टेसन सञ्चालन

  • प्रकाशित मिति : बिही, कार्तिक १५, २०८१
  • - विद्युत संसार संवाददाता
title
स्वर्गद्वारी (प्यूठान), १५ कात्तिक । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्यबहादुर थापाले सब–स्टेसनको बुधबार उद्घाटन गर्नुभएको हो ।
 
विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युुत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब–स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब–स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो । 
 
सबैको तदारुकता र सहकार्यले अलपत्र अवस्थामा रहेको सब–स्टेसन छोटो समयमै सञ्चालन भएको भन्दै सांसद थापाले विकास निर्माणका लागि बजेट सुनिश्चितता जस्तै कार्यान्वयनको पाटो महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मङ्सिरभरिमा नौवाहिनीको वडा नं १ र गौमुखी गाउँपालिका–३ रजवाराको आधा भागमा विद्युतीकरण नभएकाले विद्युतीकरण गर्नु आफूसहित सबैको पहिलो प्राथमिकता रहनुपर्नेमा जोड दिनुभयो ।
 
नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब–स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब–स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले रु सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो । 
 
लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले रु पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago