भर्खरै

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक: ऊर्जामन्त्री

  • प्रकाशित मिति : बिही, कार्तिक २२, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ ।
      
भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर हिजो साँझ नेपाल फर्कनुभएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायत आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताउनुभएको हो ।
      
“नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एकआपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ”, मन्त्री खड्काले भन्नुभयो । भारतले नेपालका विषयमा धेरै चासो र चिन्ता लिएको पाएको उहाँले बताउनुभयो ।
      
नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थासँग छलफल गरेको मन्त्री खड्काले जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए० सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । 
 
भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्तिमन्त्री सिआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए० का अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद वेंकटेश जोशी र विद्युत्मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो । मन्त्री खड्काले भारतका ऊर्जामन्त्रीले नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।
      
मन्त्री खड्काले जलविद्युत्मा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताउनुभयो । उहाँले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युत्का काम गर्न उत्साहित देखिएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago