भर्खरै

फिन इलेक्ट्रो टेक २०२४को टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर, प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स

  • प्रकाशित मिति : मंगल, कार्तिक २७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २७ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासङ्घ (फीन)द्धारा आयोजित ११ औं संस्करणको फीन ईलेक्ट्रो–टेक-२०२४ को मुख्यप्रायोजकमा ट्रान्सवेल्ड नेपाल प्रा.लि.रहेएको छ । 
 
ट्रान्सवेल ट्रान्सफर्मरद्धारा प्रायोजित फिन इलेक्ट्रो टेक २०२४ यही २०८१ कात्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुन गईरहेको छ ।
 
कम्पनीले २५ केभिए देखि ५ हजार केभिएसम्मका ट्रान्सफर्मर नेपालमा नै उत्पादन गर्ने गरेको छ । नेपालमा उत्पादन भएको ट्रान्सवेल्ड ट्रान्सफर्मर बाहिरी मुलुकमा समेत निर्यात गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीका प्रबन्धक निर्देशक अमुल श्रेष्ठले बताउनुभयो । कम्पनीले हाल सम्म १२ हजार भन्दा बढी ट्रान्सफर्मर उत्पादन गरिसकेको कम्पनीका प्रबन्धक निर्देशक श्रेष्ठको दावी रहेको छ । कम्पनीले यसै साता नेपाल गुणस्तर चिन्ह (एनएस) समेत प्राप्त गरेको श्रेष्ठले बताउनुभयो । 
 
प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ । यसै गरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल (अर्किड इलेक्ट्रिकल्स प्रा. लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) रहेका छन । प्रदर्शनीका गोल्ड स्पोन्सरमा सि. एन एस. (प्राइम भेन्चर्स प्रा. लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा. लि.) स्विफ्ट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा.लि.) रहेका छन । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुने ४ दिने इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स् सामग्रीहरुको अन्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्टीको एघारौं संस्करणको तयारी पुरा भएको छ । 
  
विद्युत जस्तो संवेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले सदैब आफ्ना सदस्य मार्फत सुरक्षालाई ध्यानमा राखेर नवीनतम र गुणस्तरीय सामग्री बिक्री वितरणमा अविभावकत्व गर्दै आएकोले आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर “फिन इलेक्ट्रो टेक २०२४” को आयोजना भएको महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले बताउनु भयो । 
 
ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४” को हल भित्र र हल बाहीर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago