भर्खरै

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत छः उपप्रधानमन्त्री सिंह, आज फिन इलेक्ट्रो टेक–२०२४’ उद्घाटन

  • प्रकाशित मिति : बिही, कार्तिक २९, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २९ कात्तिक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
 
नेपाल विद्युत् व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक–२०२४’ उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले उत्पादनमूलक क्षेत्रमा लागानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले प्रसारण लाइन तथा ऊर्जाका अन्य क्षेत्रमा नेपालमा बनेका सामग्रीको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । 
 
उत्पादनमूलक क्षेत्रलाई थप परिस्कृत र विकास गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रले उठाएका विषयलाई कार्यान्वयन गराउन सरकार प्रयासरत रहेका बताउनुभयो । उद्योगी व्यवसायीले प्रदर्शनी कक्षको माग गरेको सन्दर्भ जोड्दैउहाँले सहरी विकास मन्त्रालयले यसका लागि आवश्यक तयारी गरेर प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो । 
 
उपप्रधानमन्त्री सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभयो । “नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उहाँले भन्नुभयो । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको सुधारका लागि आफूहरूले समयमा ध्यानाकर्षण गराएको स्मरण गर्नुभयो । आयात नियन्त्रण गर्दा राजस्व कम उठ्ने, अवैध कारोबार विस्तार हुने भन्दै निजी क्षेत्रले विगतमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले उठाएका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 
 
आजदेखि सुरु भएको फिन इलेक्ट्रो टेक–२०२४ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।
 
प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्न लागिएको छ ।
 
सो मेलामा ४४ वटा ब्लक, २८ स्टल र एक ‘प्याभिलिएन’ छ । स्टलमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री राखिएका छन् । 
 
इलेक्ट्रो टेक प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । यो ११औं संस्करण भएको आयोजक समितिका अध्यक्ष रेमशप्रसाद देवकोटाले जानकारी दिनुभयो । आज उद्घाटनको दिन करिव सात हजार जनाले मेलाको अवलोकन गरेको महासंघको दावि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago