भर्खरै

मर्स्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक चामेमा सम्पन्न

  • प्रकाशित मिति : मंगल, मंसिर ४, २०८१
  • - विद्युत संसार संवाददाता
title
सुन्दरबजार (लमजुङ), ४ मङ्सिर । मनाङको चामे गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ । 
 
मर्स्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार, राईनास नगरपालिका र दोर्दी, मर्स्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, आबुखैरेनी तथा बन्दीपुर गाउँपालिका र मनाङको चामे, मनाङ–डिस्याङ तथा नासोँ गाउँपालिका, गोरखाको गोरखा, पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिका करिडोरमा रहेका छन् । 
 
सो बैठकमा करिडोर अन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । आज सम्पन्न कोरिडोरको पाँचौँ बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य क्षेत्रको पहिचान गर्ने सम्बन्धमा शिक्षा, स्वास्थ्य, कृषि,  वास्ट मेनेजमेन्ट,  पूर्वाधार र पर्यटन एवं  पूर्वाधार र पर्यटन तथा एग्रो टुरिज्मलाई सँगसँगै अघि बढाउन आवश्यक कार्ययोजना तयार गर्ने निर्णय गरेको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।  
 
नगर प्रमुख कोइरालाका अनुसार समग्र म¥र्याङ्दी कोरिडोर क्षेत्रको समृद्धिका लागि सम्भावना र अवसरको बारेमा विचार विमर्शः गरी योजनावद्ध विकासको खाका कोर्ने उद्देश्यले यस क्षेत्रका पूर्व प्रधानमन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका वर्तमान र पूर्व पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सम्बद्ध क्षेत्रका विज्ञहरुको सहभागितामा एक बृहत गोष्ठी यही मङ्सिर २९ गते शनिबार काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ ।
 
त्यस्तै बैठकले मर्स्याङ्दी करिडोरको कानुनी वैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, डुम्रे–बेँसीसहर–चामे सडक द्रुतगतिमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनका लागि करिडोरका तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने, हाल विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनका कारणले प्राकृतिक सम्पदाको रुपमा रहेका हिमाल पग्लिएर काला पहाडको रुपमा परिणत भइरहेको परिप्रेक्षमा करिडोर क्षेत्रका विशेष हिमाली जिल्ला तथा अन्य क्षेत्रमा यसको अस्वाभाविक प्रभाव कम गराई मानवमैत्री वातावरण निर्माण गर्ने सम्बन्धमा सम्बद्ध निकायमा समाधानका लागि आवश्यक पहल गर्नेलगायतका निर्णय गरेको समन्वय समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । 
 
करिडोरभित्रका पालिका कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एक आपसमा बजारिकरण र साझेदारीका कार्यक्रम संयुक्त रुपमा अगाडि बढाउदै लैजाने तथा आगामी माघको पहिलो हप्ता गोरखा नगरपालिकामा सातौँ बैठक बस्ने निर्णय गरिएको छ ।
 
चामे गाउँपालिकाको आयोजनामा सञ्चालित बैठकमा म¥र्याङदी करिडोरका अध्यक्ष भानु नगरपालिका प्रमुख त्रिपाठीको सभापतित्व रहेको थियो । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र गुरुङले बैठकमा उपस्थितहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago