भर्खरै

नेपालमा लोडसेडिङको अन्त्य एमाले नेतृत्वको सरकारले गरेको हो: महासचिव पोखरेल

  • प्रकाशित मिति : शुक्र, मंसिर ७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेको दाबी गर्नुभएको छ ।
 
पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालमा दैनिक १८ घण्टा लोडसेडिङ केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर लोडसेडिङको अन्त्य भएको तर अहिले लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्नुभयो ।
 
नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उहाँले भन्नुभयो  ‘अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप हामीले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर, विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व गर्‍यौं, ।’ 
 
 बिडम्बनाको कुरा काम एउटाले गरेर लोडसेडिङको अन्त्य भएपनि अहिले जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’ महासचिव पोखरेललेको भनाई थियो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago