भर्खरै

सरकारले निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता लिन्छ: मन्त्री पाण्डे

  • प्रकाशित मिति : आइत, मंसिर ९, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ ।
 
महाराजगञ्जमा स्थापित ‘लोरलिङ मन्डला लर्ड’ होटलको हिजो उद्घाटनका क्रममा मन्त्री पाण्डेले पर्यटनलाई मुलुकको आर्थिक आधारका रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल नागरिकको तल्लो तहसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
 
विदेशी पर्यटकहरूको आवागमन वृद्धिसँगै पर्यटन क्षेत्रका विभिन्न कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन लागेको मन्त्री पाण्डेको भनाइ थियो । निजी क्षेत्रलाई पर्यटन उद्योगमा लगानी गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “निजी क्षेत्रको लगानी सुरक्षाको सुनिश्चितता सरकारले लिन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।”
 
मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई दिगो बनाई बढीभन्दा बढी रोजगारी सृजना गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विदेशी मुद्रा आर्जन, रोजगारी सृजना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको पर्यटनको पूर्वाधारका रूपमा होटल तथा रिसोर्टको पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago