भर्खरै

कर सम्बन्धित तालिम एवं Business Motivational प्रशिक्षण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : आइत, मंसिर १६, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, १६ मंसिर । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले कर सम्बन्धित तालिम एवं Business Motivational प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
 
सङ्घले उद्यमी एवम् व्यापारी व्यवसायीहरूका लागि करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरू जानकारी गराउने उद्देश्यले हिजो १५ गते शनिबार स्वीट ब्याङ्क्वेट चावहिलमा सो कार्यक्रम सम्पन्न गरिएको सङ्घका सचिव श्रीलाल श्रेष्ठले जानकारी दिनुभयो । 
 
कर सम्बन्धि तालिम एवं व्यवसाय प्रेरक अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रममा उपस्थित संघका सदस्य एवं व्यवसायीहरुलाई आन्तरिक राजश्व विभाग, आन्तरिक राजस्व कार्यालय, चावहिलका प्रमुख कर अधिकृत हिमाल बमले प्रशिक्षण दिनुभएको थियो ।
 
विध्यमान आर्थिक मन्दीमा आफ्नो व्यापार व्यवसाय कसरी अगाडी बढाउने, व्यापार व्यवसायमा गर्नुपर्ने सुधिकरण, अस्वस्थ प्रतिस्पर्धाले उद्योगी एवं व्यवसायीमा परेका असर, उधारोमा गरिने कारोबारको व्यवस्थापन एवं सोबाट हुने फाइदा एवं वेफाइदा र यसबाट भविष्यमा हुने नोक्सानी, उद्योगी एवं व्यवसायीहरुले अपनाउनु पर्ने व्यवसायीक गतिविधि, लगाएतका विषयबस्तु समेटी प्रशिक्षक नवराज फुयालबाट व्यवसाय प्रेरक प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । 
 
कार्यक्रममा संघ अध्यक्ष दिवेश कुमार जैनले करको दर, आयकर सम्बन्धी नीतिगत कुराहरु तथा मूल्य अभिवृद्धि कर आदिसंग सम्बन्धित बिषयबस्तु समेटि आन्तरिक राजस्व कार्यालय, चावहिलका प्रमुखबाट गरिएको प्रशिक्षणले संघका सदस्यहरुलाई लाभ पुग्ने संघले विश्वाल लिएको बताउनुभयो ।
 
 
मुनाफाको उद्देश्य नरहेको विद्युत व्यवसायीहरुको पेशागत विशुद्ध सेवा मुलक संस्था काठमाडौँ विद्युतीय व्यवसायी संघले सदैब आफ्ना सदस्यहरुको चाहन अनुरुप बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको उहाँको भनाई थियो ।
 
‘हालको आर्थिक मन्दीबाट व्यवसायीहरुको कन्फिडेन्स लुज हुँदै गएको छ । व्यवसायीहरुको कफिन्डेन्स बढाउनका लागि राज्यलाई पूँजी खर्च बढाएर, लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि चलाएमान गराउन नेपाल विद्युतीय व्यवसायी महासंघबाट पहल भएकै होला भन्ने हामीले विश्वास लिएका छौं ।’ अध्यक्ष जैनले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका सचिव बिनोद लुईटेल हुनुभएको थियो ।
 
कार्यक्रमको मुख्य प्रायोजक यूनिक इलेक्ट्रक इन्टरप्राईजेज रहेको थियो भने सह प्रायोजक चेरी इलेक्ट्रा र एबीसी इन्फिनिटी प्रा. लि. रहेको थियो । उक्त कार्यक्रममा संघका सदस्य एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago