भर्खरै

कार्बन आम्दानीको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा

  • प्रकाशित मिति : शुक्र, मंसिर २१, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २० मङ्सिर । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ ।
 
वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक ऊर्जा विकास समितिको आज साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।
 
बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवं ठूला वायोग्यास, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत्, घरायसी तथा संस्थागत विद्युतीय चुलो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।
 
यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुव्र्यवहार (निवारण) आचारसंहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ । साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्याङ्कन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारीपत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
 
बैठकमा समितिका अध्यक्ष एवं ऊर्जामन्त्री खड्काले स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि केन्द्रले नयाँ सोच एवं कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको मन्त्री खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रका नायब कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिनुभयो ।
 
यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो ।
 
ऊर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्यासलाई विस्थापनका लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवं व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago