भर्खरै

निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने

  • प्रकाशित मिति : मंगल, पौष २, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २ पुस । सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारण लाईन निर्माण गर्न पाउने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले अध्ययन गरेको मध्य तमोर–ढुङ्गेसाँगु २२० केभी प्रसारण लाईन उक्त मोडलमा निर्माण गरिने भएको हो ।
 
     उक्त निर्माणलाई अगाडि बढाउनका लागि आरपिजिसिएललाई आवश्यकपर्ने ऋण लगानी हाईड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसियल)ले गर्ने गरी सम्झौता भएको छ ।
 
     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा भएको उक्त सम्झौतामा आज ऊर्जा मन्त्रालयमा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवाली र एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले हस्ताक्षर गर्नुभएको छ ।
 
उक्त प्रसारण लाईन निर्माणका लागि आरपिजिसिएलले निजी क्षेत्रको लगानी रहेका रेमिट हाईड्रो लिमिटेड, सिम्बुवा रेमिट हाईड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाईड्रोपावर लिमिटेड र नेपाल हाईड्रो भेन्चर प्रालिसँगसमेत सम्झौता गरेको छ ।
 
सम्झौता कार्यक्रममा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत डा ज्ञवालीले सरकारले सन् २०३५ मा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्न राखेको लक्ष्य पूरा गर्न सार्वजनिक निजी लगानीमा प्रसारण लाईन निर्माणको कामलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले विस्तारै अन्य प्रसारण लाईनमासमेत निजी क्षेत्रको सहभागिता बढाउँदै लैजाने उल्लेख गर्नुभयो ।
 
कार्यक्रममा एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत गौतमले जलविद्युत क्षेत्रको प्रसारण लाईनमा निजी क्षेत्रको सहभागितासँगै उत्पादित विद्युत् प्रसारण लाईनको अभावमा खेर नजाने बताउनुभयो । उहाँले अब उत्पादनसँगै प्रसारण लाईन निर्माणमा समेत एचआईडिसियलले लगानी गर्ने उल्लेख गर्नुभयो ।  स्वतन्त्र ऊर्जा उत्पादकको संस्था ९इप्पान०का सल्लाहकार कृष्णप्रसाद आचार्यले जलविद्युत् क्षेत्रको विकासका लागि चाँडो प्रसारण लाईन सम्पन्न गर्नेगरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
 
ऊर्जामन्त्री खड्काले उक्त समझदारी नेपालको ऊर्जा क्षेत्रको विकासमा कोसेढु्ङ्गा सावित भएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रसारण लाईनको जिम्मा दिँदा कामसमेत समयमै हुने र सरकारले लिएको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago