भर्खरै

मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्नेछः ऊर्जा मन्त्री खड्का

  • प्रकाशित मिति : बुध, पौष ३, २०८१
  • - विद्युत संसार संवाददाता
title
लुम्बिनी, ३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बन्ने बताउनुभएको छ । उहाँले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुकमा अस्थिरता हुँदा लगानीको वातावरणसमेत विग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको बताउँदै सरकार पूरा अवधि रहने स्पष्ट पानुभयो ।  
 
बुटवलमा आजदेखि सुरू भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो । 
 
मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको जानकारी गराउनुभयो । बङ्गलादेशमा विद्युत् निर्यात गर्ने कार्य सुरू गर्नुका साथै भारतमा समेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कमी गरिएको जानकारी गराउनुभयो । 
 
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन सङ्घीय सरकारसँगै प्रदेश सरकार पनि लागिपरेको बताउनुभयो । 
 
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ती समस्या समाधानका लागि पालिकाबाट हुनसक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समीकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिए पनि अहिलेसम्म त्यस्ता वातावरण बन्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।
 
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा पाँच सय कक्ष सहभागि छन् । १६ दिनसम्म सञ्चालन गरिने मेलामा पाँच लाख बढीले अवलोकन गर्ने र मेलाभित्र रू १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो । 
 
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि बिशषे महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी ९फुड एण्ड वेभरेज०, अटोमोबाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिन रहेका छन् । 
 
त्यसैगरी दुवई फिस टनेलसहितको बालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्रीवितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक साङ्गीतिक कार्यक्रम हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago