भर्खरै

‘विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड

  • प्रकाशित मिति : मंगल, पौष ९, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ९ पुस । सांसदहरुले विद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको दफावार छलफलका क्रममा उहाँहरुले विद्युत् विकासमा निजी क्षेत्रको संलग्नता बढ्ने गरी विधेयक तर्जुमा गर्न सुझाव दिनुभएको हो । 
 
संशोधनकर्ता सांसद गगन थापाले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रको संलग्नतालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “विद्युत् विकासमा निजी क्षेत्रलाई थप स्थान दिन आवश्यक छ,” उहाँले भन्नुभयो, “५१ प्रतिशत वा सो भन्दा बढी नेपाल सरकारको लगानी भएको विद्युत् आयोजनामा प्रतिस्पर्धा गर्न नपर्ने भनिएको छ, यसमा प्रतिस्पर्धा किन नगर्ने ? प्रतिस्पर्धा गरेर हेर्नुपर्छ ।” उहाँले स्थानीय तहलाई पाँच मेगावाटसम्म दिने व्यवस्था भन्दा तीन मेगावटसम्म क्षमताको विद्युत् स्थानीय तहलाई दिन उपयुक्त हुने प्रस्ताव राख्नुभयो । 
 
यसैगरी सांसद जनार्जन शर्माले क्षमता अनुसार विद्युत् उत्पादकलाई अनुमतिपत्र दिनुपर्ने बताउनुभयो । “अहिले कतिपय आयोजनाले लाइसेन्स लिएर बसेका छन् तर काम अगाडि बढाएका छैनन्, काम गर्छु भन्ने उत्पादकले लाइसन्स पाउन सकेका छैनन्, तसर्थ उत्पादकको क्षमता अनुसार लाइसेन्स दिनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले पहिचान गरेको आयोजनामा प्रतिस्पर्धा गराउनुपर्छ, राष्ट्रिय निकुञ्जले विद्युत् आयोजना सञ्चालनमा बाधा सिर्जना गरेको छ । यसलाई सहज बनाउँदै अगाडि बढाउन आवश्यक छ ।”
 
अर्का संशोधनकर्ता बिना लामाले ऊर्जा सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । “बस्ती विकासको ठोस् योजनासहित गुरुयोजना बनाएर सो अनुरुप कार्यान्वयन गर्नुपर्छ” उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई विद्युत्मा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ, तर निजी क्षेत्रले लगानी गरेको ठाउँमा सरकारले लगानी गर्नुहुँदैन । नभए भ्रष्टाचार बढ्छ ।”
 
संशोधनकर्ता लक्ष्मी तिवारी र अर्का संशोधनकर्ता कल्पना चौधरीले पनि छलफलमा उठेका विषयवस्तु समावेश गरेर विधेयक संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago